ललिता निवास जग्गा प्रकरण : शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा मनोजकुमार शर्मा र डा.कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।

यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबाझी हुने आदेश दिएको थियो । सोही कारण मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

थुनामा रहेका ढकाल ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदीले मुख्य विचौलियाको भूमिका निभाएको पनि अख्तियारले जनाएको छ । अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ ।

यस्तो छ, २४ वैशाखमा खतिवडा र भट्टराईको राय

विशेष अदालतको निर्णयविरुद्ध ढकाल ११ चैत २०७७ मा निवेदन लिएर सर्वोच्च अदालत गए । २४ वैशाख २०७८ मा खतिवडा र भट्टराईको इजलासबाट राय बाझिएको आदेश भयो । इजलासमा राय बाझिएकै कारण ढकाल पुर्पक्षका लागि थुनामा छन् । इजलासबाट न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए ।

अर्का न्यायाधीश भट्टराईले भने थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए । इजलासमा रहेका दुई न्यायाधीश बीचमा राय बाझिएकै कारण ढकालको निवेदनको सुनुवाइ पूर्ण इजलासमा पुगेको हो । विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन २८ माघ २०७७ मा आदेश दिएको थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…