लोकसेवाले समय सुहाउँदो जनशक्ति छनोट गर्नु अत्यावश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले क्रमशः आर्थिक रुपान्तरण र उन्नतिको फड्को मारिरहेको भन्दै लोकसेवा आयोगले त्यस्तै परिस्थिति सुहाउँदो जनशक्ति छनोट गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आयोगको ७२ औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आयोगले निजामती सेवामा मुलुकको परिस्थिति अनुरुपको जनशक्ति छनोट गर्नु अत्यावश्यक हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगले निष्पक्ष, पारदर्शी र विश्वासनीयता कायम गरी सेवा प्रदान गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।‘आयोगले संघीय सरकारी सेवा र संगठित संस्थाका कर्मचारी व्यवस्थापनमा भूमिका खेलेको छ ।

सार्वजनिक सेवाको क्षेत्रमा प्रतिभाशाली र दक्ष जनशक्ति प्रवाहित गर्ने काम गरेको छ,’ उहाँले भन्नुभयो, ‘चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत् उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्य भइरहेको सुन्दा खुसी लागेको छ । म यो अवसरमा आयोगले नागरिकलाई प्रदान गर्ने सेवा थप सहज र सरल हुने अपेक्षा राख्दछु ।’ ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…