लोसपासँग पार्टी एकताको लागि तयार छौं : यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताउनुभएको छ । उहाँले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाउनुभयो । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताउनुभएको छ ।

उहाँले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गर्नुभयो । मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न पनि यादवले माग गर्नुभयो । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले वर्तमान संसदीय निर्वाचन क्षेत्र अनुसार मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ५३ प्रतिशत वृद्धि भएकोले निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न माग गर्नुभएको हो ।

अध्यक्ष यादवले भन्नुभयो, विगत भन्दा अहिले ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि निर्वाचन क्षेत्र हुनुपर्छ, हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ ।’ अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपूर्ण रहेको समेत बताउनुभयो । उहाँले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको र गलत प्रणाली तथा लामो प्रक्रियाका कारण निर्वाचन अत्याधिक खर्चिलो रहेको बताउनुभयो ।

उहाँले विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र त्यसमा जातीवाद, पावर केहीको गुनजायस नरहेको भन्दै नेपाल जस्तो गरिब मुलुकमा विकृति मुलक र महंगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जाने बताउनुभयो ।

त्यस्तै उहाँले वर्तमान पाँच दलीय गठबन्धनबाट नै प्रदेश र संघीय निर्वाचनमा जाने भएकाले गठबन्धन कायमै रहने अध्यक्ष बताउनुभयो । उहाँले गठबन्धनमा कहिले कहीँ कुनै दललाई घाटा पनि सहनु परेकाले पाँच दलीय गठबन्धन बन्ने बित्तिकै लोकतन्त्रमा रहेको संकट हट्दै गएको, लोकतन्त्रलाई संस्थागत गर्न सफल भएको दावी समेत गर्नुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…