वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी : हवाई सेवा हडताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्नू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।

संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भन्नुभयो, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।  प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय : ग्लोबल फण्डको रकम सरकार मातहत ल्याउन पहल

काठमाडौं । सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी गरेको छ । सोमबार नवनियुक्त मन्त्री भवानी खापुङले यससम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता…

thumbnail

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै…

thumbnail

महानगरको कल सेन्टरमा २० दिनमा ४५ सय गुनासा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आाएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा…