विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसको माग

काठमाडौँ । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर्न सत्तारूढ नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गर्नुभएको छ ।आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन र उनीहरूको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गर्नुभएको हो।

‘विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न आवश्यक कानून बनाउने विषयमा पनि ध्यानाकर्षण गरिएको छ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न कानून बनाउन परमादेश दिएको लामो समय भएको छ। अब कानून निर्माण गरेर मताधिकार सुनिश्चित गर्नुपर्छ,’ शर्माले भन्नुभयो, ‘यो मुद्दा कांग्रेसले विगतमा पनि उठान गरेको हो। विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्थाका लागि प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ।’

शर्माले विदेशमा रहेका नेपालीको नोट मात्र नभई अब भोट पनि चल्ने व्यवस्था गरिने बताउनुभएको छ।’बाहिर रहेका नेपालीको मतदानको अधिकार सुनिश्चित गरिनुपर्छ। विदेशमा रहेका नेपालीको नोट चल्ने भोट नचल्नेरु कानून बनाएर भोट चल्ने व्यवस्था गरिनुपर्दछ,’ उहाँले भन्नुभयो ।अर्का महामन्त्री गगन थापाका अनुसार निर्वाचन ऐन संशोधन गर्नका लागि छिट्टै संसदमा ऐन पेश गर्ने तयारी छ। आयोगसँग आफूहरूले विदेशमा अहिले रहेका नेपालीको मतदाता नामावली भने संकलन गरिराख्न सुझाव दिएको थापा बताउँनुहुन्छ ।

विदेशमा रहेका नेपालीलाई सकेसम्म प्रत्यक्षतर्फ पनि नभए समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था गर्न मिल्ने गरी कानून बनाउनुपर्ने कांग्रेसले बताएको छ।यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै दलहरूसँग छलफल गरेर साझा धारणा बनाएपछि सरकारसँग पनि परामर्श गरेर अघि बढिने बताएका थिए।महामन्त्री थापाले मतदाता नामावली स्थानीयस्तरमा गएर पनि संकलन गरिनुपर्ने बताउनुभएको थियो भने काठमाडौंमा मतदाता नामावली संकलन गर्ने धेरै केन्द्र बनाउनुपर्ने माग गर्नुभएको थियो ।

काठमाडौंका लागि बेग्लै र बाँकी ७६ जिल्लाका लागि अरू स्थानमा केन्द्रहरू राखेर मतदाता नामावली संकलन गरिनुपर्ने उहाँले बताउनुभएको थियो । एकै कार्यालयमा नामावली संकलन गर्दा भिडभाड भएको गुनासो आएको थापाको भनाइ थियो।साथै निर्वाचन आचारसंहिता व्यवहारिक बनाउनेबारे पनि कांग्रेसले आयोगलाई सुझाव दिएको छ । सबै दलहरूसँग छलफल गरेर निर्वाचन आचारसंहिता परिमार्जन गर्न पनि कांग्रेसले आयोगलाई सुझाव दिएको छ । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…