विराटनगरका उद्योगी–व्यवसायी र मजदुरद्वारा आन्तरिक राजस्व कार्यालय घेराउ

विराटनगर । विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् ।

उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरित सरकारले बजेट ल्याएको बताउनुभयो ।

उहाँले बजेटमा भएका व्यवस्थाले जिआइ वायर, सेनिटरी प्याड उद्योगलाई धेरै असर गरेको भन्दै बजेट संशोधनको माग गर्नुभयो । सोही कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारले विभिन्न चरणमा आफूहरुसँग बजेटमा समेट्नुपर्ने विषयबारे छलफल गरेको भएपनि त्यो नाटक मात्रै भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘विभिन्न नाममा हामीसँग सल्लाह, सुझाव माग भइरहन्छ, हामीले पनि दिइरहन्छौं, तर सरकारले केही उद्योगलाई पोस्नका लागि हाम्रा साझा सुझावलाई बेवास्ता गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीसँग सुझाव माग्नु भनेको नाटक जस्तो मात्रै रहेछ ।’ प्याकुरेलले सरकारले यस्तै खालका व्यवस्थाहरु गर्दै जाने हो भने नेपालका उद्योगीहरुले देश छोड्नुपर्ने अवस्था आउने दाबी पनि गर्नुभयो ।

यस्तै मजदुर संगठनका नेताहरुले उद्योगीको माग पुरा नभए आफूहरु आइतबारदेखि सडक ठप्प पार्ने बताउनुभयो । समाजवादी टे«ड युनियन प्रदेश १ का अध्यक्ष मो। नसरुलले उद्योग बन्द भए हजारौं मजदुरले रोजीरोटी गुमाउने भन्दै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘सरकारले हाम्रा माग पुरा नगरे उद्योगीसँग मिलेर हामी आइतबारदेखि सडक ठप्प गर्छौं,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा टे«ड युनियन महासंघका नेता किशोर धमला, अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ का सहइन्चार्ज उपेन्द्र रायलगायतले बोलेका थिए ।धर्नामा उद्योगका मजदुर तथा उद्योगीहरुको सहभागिता थियो । उक्त आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ लगायतका पदाधिकारी पनि सहभागी थिए । यस्तै विभिन्न पार्टी निकट मजदुर संगठनहरुले पनि उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…

thumbnail

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…