विराटनगर नाकाबाट बालिकाको उद्धार, बेच्न लैजान खोजेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । नयाँ लुगा किनिदिने, आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर १३ वर्षीया बालिकालाई भारत लैजान खोजेको आरोपमा दुई जनालाई पक्राउ गर्दै प्रहरीले बालिकाको उद्धार गरेको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार नेपाल–भारत सीमाको विराटनगर–१५ स्थित २ नं. गेटबाट बालिकाको मंगलबार उद्धार गरिएको हो । झापाकी ती बालिकालाई बेच्न लगेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेकोमध्ये एक जना भारतीय नागरिक हुन् । भारतको मुजफ्फरपुर घर भई झापाको विर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीया हिरा सहनी र १८ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो  ।  पक्राउ परेका सहनी र बारा जिल्ला घर भएकी युवती प्रेमी-प्रेमिका हुन्। उनीहरूको सामाजिक सञ्जालमार्फत् दुई वर्ष अगाडिदेखि चिनजान भएपछि नजिकिएका थिए।

‘सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर विर्तामोड बोलाएको रहेछन् । प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका रहेछन्। त्यहीका १३ वर्षीया बालिकासँग हिराको राम्रो चिनजान भएकोले नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै डेराबाट लिएर आएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भन्नुभयो,‘पछि विराटनगर ल्याएपछि बोर्डरमा कसैले सोधे मेरा बाबुआमा कोही छैन । मेरो आफन्त भनेको मेरो उहाँहरू दाजु, दिदी हो भन्न लगाएर भारत लैजाने क्रममा नियन्त्रणमा लिएको हो ।’ सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…