
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो ।
आजको संसद बैठकको सुरुमै बोल्दै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ रु लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो ।
यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ ।’यस विषयमा पाण्डेले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउनुभएको छ । ‘यति गम्भिर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन ? यो केबल अर्थमन्त्रीको मात्र विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहिन्छ,’ उहाँले भन्नुभयो । onlinekhabar
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…