सभापति निरौलाको आशंका–एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर शंका गर्नुभएको छ ।

समितिको आजको बैठकमा सभापति खरेलले भन्नुभयो, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन रु यस्तो आशंका जनताले पनि गरिरहेका छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न आजको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री देउवाको सचिवालयले अन्तिम समयमा उपस्थिति हुन नसक्ने जानकारी गराएको थियो ।

एमालेका सांसदहरुले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने मागसमेत राखेका थिए । तर बैठकले खेद प्रस्ताव पारित गरेन । यद्यपि समितिकी सभापति खरेलले प्रधानमन्त्रीलाई फेरि पनि बैठकमा बालाउनुपर्ने बताउनुभयो । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् ।

यसले गर्दा सबैको मन रोएको छ,’ सभापति खरेलले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं ।’अन्य मन्त्रीहरुलाई मौखिक रुपमा बोलाउने गरे पनि प्रधानमन्त्री देउवालाई पत्र नै लेखेर बोलाइए पनि उनी अनुपस्थित भएको खरेलको गुनासो छ ।यसअघि गत शुक्रबार समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभु राम शर्मा लगायतसँग छलफल गरेको थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…