समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग

काठमाडौँ । नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यसवर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपले लिन नमिल्ने बताउनुभयो । उहाँले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यसवर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताउनुभयो ।

उहाँले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतबारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताउनुभयो । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो । उहाँले भन्नुभयो, ‘यो वर्षको मौसम छिटो आएको छ । सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन । कहिले ढिलो, कहिले छिटो हुन्छ नै ।

त्यसैले यसवर्ष छिटै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन । तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ । त्यसैले अलि सतर्क रहनुपर्ने देखिन्छ । ुबाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो सतर्कता अपनाउनु पर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने क्रम हुन्छ ।’

विभागले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताउनुभयो । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ । गतवर्ष पनि सरदरभन्दा बढी वर्षा भएको थियो । जसका कारण पनि आम मानिसहरु त्रस्त छन् । तर विभागले भने सतर्कता अपनाउन र त्रसित नहुन आग्रह गर्दै आएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…