सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ ।

ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् । बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…