सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्नेमा जोड

काठमाडौँ । ५० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी ऐन संशोधन गरिएको छ । राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ । यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ ।

‘संसदमा राष्ट्र बैंक ऐन विचाराधीन अवस्थामा रहेकाले सांसदहरुले सक्रियता देखाएर सहकारीको नियमन गर्ने अधिकार दिनुपर्छ’, अर्थ मन्त्रालयका पूर्व सचिव शिशिरकुमार ढुंगानाले भन्नुभयो । विधेयकमा स्पष्ट उल्लेख नभए पनि सांसदहरुले सक्रियता बढाएमा राष्ट्र बैंकमार्फत वित्तीय सहकारीको नियमन गर्न सक्ने अधिकार दिन सकिने ढुंगानाले बताउनुभयो ।

‘५० करोड माथिको सहकारीको नियमन त्यसैमा मिलाउन सकिन्छ, सांसदहरुले त्यसमा ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो । सहकारीलाई देश संघीयतामा गएसँगै तीन तहका सरकारले नियमन गर्दै आएका छन् । तर, संघीय सहकारी विभागसँगै प्रदेश र स्थानीय सहकारीको नियमन क्षमता अभावका कारण सहकारी अलपत्र परेका छन् । प्रभावकारी नियमन अभावका कारण सहकारीमा विकृति, विसंगति पनि बढेको छ ।

आइतबारबाट सुरु भएको साकोस शिखर गोष्ठीमा नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीको कार्यपत्रमा टिप्पणी गर्दै ढुंगानाले वित्तीय सहकारीको नियमन गर्न दोस्रो नियमन तह बनाउने चर्चा भए पनि बनाउन नसकिएको बताउनुभयो । ‘विभाग अन्र्तगत राख्ने की राष्ट्र बैंक अन्र्तगत राख्ने भन्नेमा निश्चित हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘राष्ट्र बैंक अन्र्तगत गर्ने हो भने अहिले निर्माण गर्ने मौका छ ।’

वित्तीय सहकारी सबलीकरण र व्यवसायीकरणका लागि डेडिकेटेड एजेन्सी आवश्यक भएको समेत उहाँको भनाइ छ । सो अवसरमा उनले कोपोमिस सबैलाई काम लाग्ने भएपनि प्रभावकारी हुन नसकेकोमा दुखेसो पोख्नुभयो । कार्यक्रममा पूर्व सचिव मैनालीले ‘संघीयतामा साकोसः प्रवद्र्धन, विकास र नियमनको सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गर्दै तीन तहका सरकार सहकारीको नियामक, उत्प्रेरक समन्वयकर्ता, सहजकर्ता र दिग्दर्शकको भूमिका रहनुपर्ने बताउनुभयो ।

वित्तीय जोखिम न्यूनिकरणका लागि नियमन प्रभावकारी हुनुपर्ने उहाँले बताउनुभयो । संघीय सरकारको मातहत भएपनि स्थानीय तहले नियमन गर्न सक्ने अधिकार रहेको उहाँले बताउनुभयो । सञ्जालमा आवद्ध भएका संस्थाहरुमा सुशासन देखिए पनि अन्य सहकारीमा सुशासन नभएको उहाँको भनाइ छ । ‘सदस्यलाई न्यून ब्याजदरमा विना जोखिम वित्तीय सेवा पुर्‍याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘वित्तीय जोखिम न्यूनिकरणका लागि सहयोग, सेवा र सुरक्षाको प्रत्याभूति गर्न तीनै तहका सरकार क्रियाशील हुनुपर्छ ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…