सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

काठमाडौं । नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ । निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६३ हजार किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा करिब चार हजार किलोलिटर बढेर ६७ हजार किलोलिटर पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठमा खपत ५९ हजार किलोलिटरमा झरेको छ। सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर यसको चौतर्फी विरोधपछि सरकारले असार १ देखि विदा कटौती गरेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

पोखरा महानगरले तोकेको फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चको रोक

कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…

thumbnail

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र : ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…

thumbnail

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…