सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा जाने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो.एसके जोशी पनि जाने बताइएको छ।

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन्। विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताउनुभयो । nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल औषधी उत्पादक संघको माग

काठमाडौं । नेपाल औषधी उत्पादक संघले नक्कली औषधीको अवैध बिक्रीवितरण, प्याकिङ, लेबलिङ्ग र अधिकतम बिक्री​मुल्य प्रिन्ट गरी बजारमा पठाइएको भन्ने भ्रमात्मक कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सोमबार एक विज्ञप्ति…

thumbnail

बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले यस्तो बताउनुभएको हो । बजेट केही मान्छेलाई…

thumbnail

सरकारले जग्गा धितो राख्न रोक लगाएन : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी…