स्थानीय चुनावको समीक्षापछि मात्रै मन्त्री फेर्नेबारे छलफल हुन्छ : यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनाव समीक्षा भएपछि मात्रै मन्त्री फेर्ने बारेमा छलफल हुने बताउनुभयो। यादवले मन्त्री फेर्ने भए बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै हुने बताउनुभयो । ‘हामी स्थानीय तहको चुनावको जिल्ला जिल्लामा समीक्षा गरी राखेका छौ ।

चुनावमा कहाँ राम्रो गरियो रु कहाँ नराम्रो गरियो भन्ने विषयमा समीक्षा जारी छ । सबै जिल्लाको समीक्षा सकिएपछि मात्रै मन्त्रीको फेर्ने/नफेर्ने विषयमा छलफल हुन्छ ।’ यादवले भन्नुभयो, ‘यदि मन्त्री फेर्ने भएपनि आधिकारिक रुपमा बैठक बसेर निर्णय गर्छौ । अरु पार्टीले फेरे भनेर हामीले फेर्ने भन्ने हुँदैन ।’चुनाव समीक्षापछि बस्ने कार्यकारिणी समिति बैठकले मन्त्री परिवर्तन गर्ने वा नगर्ने निर्णय गर्ने यादवले बताउनुभयो ।

तर, एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरे लगतै जसपाका सांसदहरुले मन्त्री फेर्ने भन्दै पार्टीमा दबाब बढाएका छन् । जसपाका आधा दर्जन सांसदहरु विहान बसेर भेला गरेका छन् । भेलामा मोहम्मत इस्तियाक राई, मृगेन्द्रनारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा।सूर्य नारायण यादव, प्रमिला यादव लगायतको टीम रहेको छ । उनीहरुले यसअघि पनि मन्त्री हुन पाउनु पर्ने भन्दै अध्यक्ष यादवमाथि प्रेसर बढाएका थिए । अन्तमा उनीहरु रोकिएर बसेका थिए । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…