हतियार खरिद गर्न न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ : बाइडेन

एजेन्सी । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताउनुभएको छ । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ। ‘हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ। यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगकालाई हतियार बेच्न हुँदैन।,’हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो।

बालबालिका र परिवारको सुरक्षाका साथै समुदायको रक्षाका लागि त्यसो गर्न जरुरी भएको उल्लेख गर्दै राष्ट्रपतिले कसैको बन्दुक खोस्ने नभएको स्पष्ट गर्नुभयो । भयरहित वातावरणमा विद्यालय, किराना पसल, गिर्जाघर जतासुकै स्वच्छन्द रुपमा जान पाउने अधिकार र स्वतन्त्रताको रक्षाका लागि बन्दुक खरिदको न्यूनतम उमेर बढाउनुपर्ने तर्क गर्नुभयो । nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक…

thumbnail

भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम…