हात्तीको आक्रमणबाट महिलाको मृत्यु

टीकापुर । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए । एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ । यसबाट जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…

thumbnail

गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ। आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा…