हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकी नै मृत्यु भएको प्रहरीले जनाएको छ । भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो । दुर्घटना लगत्तै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…