१२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिइने

काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो ।

१२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज भोलि (शुक्रबार) बाट सञ्चालन गरिने बताउनुभयो ।

‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले भन्नुभयो,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…