१३.७८ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । दुई घण्टाको लागि खुलेको बजार शुरुमा ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ ।

शुक्रवार १३.७८ अङ्कले बढेर नेप्से १८६२.०६ विन्दुमा पुगेको छ । २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता शेयर २२ हजार ८७४ पटक कारोबार हुँदा कुल कारोबार रकम भने १ अर्ब १५ करोड १२ लाख भएको छ ।

कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छ । ङ्यादी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा आँधिखोला लघुवित्त रह्यो । यो कम्पनीको शेयरमूल्य ७.८८ प्रतिशतले घटेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…