१७.५८ अंकले घट्यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो ।

त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो । बुधबार ६० अंकले सेयर बजार वृद्धि भएको थियो । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए । बिहीबार २२९ कम्पनीको ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५ट हजार १०४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रह्यो । बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो । बिहीबार बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५.३४ प्रतिशतले घट्यो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…