३५ लाख लुटमा संलग्न प्रहरी हवल्दारसहित २ जना सार्वजनिक

काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परेका छन् ।

उनीहरु वैशाख १८ मा पक्राउ परेका हुन् । आरोपीहरुमाथि डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो । लैनचौरको ब्याडमिन्टन कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर उनीहरुको समूहले ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

जेठ ८ मा भएको सो लुटमा प्रहरीकै समूह संलग्न रहेको थाहा भएको छ । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनी प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । लुटमा मानव बेचविखन ब्यूरो र संगित विद्यालयमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । ​रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…