३६.०७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ ।मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य, निर्जीवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् । मंगलबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ ।

एनएमबी ५० को सेयर मूल्य ४.१० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३.७२ प्रतिशतले बढेको छ । मंगलबार हिमालयन पावर पार्टनरको मूल्यमा ९.९९ प्रतिशतको पहिरो गएको छ । यसको मूल्य ३४४.३० रुपैयाँमा आएको छ । बलेफी हाइड्रोको मूल्य ८.१५ प्रतिशतले घटेर २७४ रुपैयाँ झरेको छ । शिवम सिमेन्टको मंगलबार सर्वाधिक कारोबार भएको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

२३.८५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…

thumbnail

हेटौंडाको बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…