३७.४९ अंकले बढ्यो सेयर बजार

काठमाडौं । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार मंगलबार फराकिलो अंकले बढेको छ । ३७.४९ अंकले बढेको बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई संकेत गर्छ ।

कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ ।मंगलबार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ म्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएका मध्ये आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढ्यो । यस्तै सप्तकोशी विकास बैंकको सेयर मूल्य दोस्रो बजामा ९.९८ प्रतिशतले नै बढ्यो । मंगलबारको दोस्रो बजारमा नबिल बैंक ब्यालेन्स फण्ड २ र तेह्रथप पावर कम्पनीको सेयर धेरै घट्ने दुई कम्पनीमा देखिए । धेरै कारोबार हुने प्रमुख कम्पनीमा नेपाल टेलिकम, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख रहे । ती कम्पनीको सेयर क्रमशः ११ करोड ७२ लाख, ४ करोड ३२ लाख, ३ करोड ४४ लाख र ३ करोड २५ लाख रह्यो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

२३.८५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…