रसिलो म्याग्दीका लागि हसिँला खम्बिर

म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा ‘खम्वीर’ को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका छन् ।

२०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमनुभएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो । बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मनुभएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनको मनमनमा वस्न सफल भएका गर्बुजा हारदेखि कहिल्यै नडराउने र जीतमा कहिल्यै नफुर्कने शान्त स्वभावका विकासप्रेमी नेता हुन् ।

२०६४ मा समानुपातिक उमेद्वार बनेका गर्बुजा २०७० को दोस्रो संविधानसभा चुनावमा मतदातामाझ परिचित भए । २०७४ को चुनावमा वामगठबन्धनका वावजुद सम्मानजनक पराजित ब्यहोर्नुप¥यो । दुई पटक चुनाव हारेपनि संघर्ष गर्न नछोडेका गर्बुजा म्याग्देलीको सेवामा विचलित नभैकन लागिपरेका छन् ।

बेलायती सेनामा हुँदा वास्केटवल, भलिबल र सुटिङका खेलाडी गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा म्याग्देलीको प्रतिनिधित्व गर्ने बताएका छन् । गर्बुजाले म्याग्दीका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिएर नयाँ योजना भित्र्याएर तिब्रताका साथ कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा चुनावी मैदानमा उपविजेता भएपनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गरेको भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

दुई कार्यकाल म्याग्दी कांग्रेसको जिल्ला सभापति निर्वाचित हुनुभएका गर्वुजा पुन ः तेस्रो पटक म्याग्दीको सुशासन,विकास र समृद्धिको लागि प्रतिनिधि सभा सदस्यको लागि वाम लोकतान्त्रिक गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका छन् ।

दुईवटा निर्वाचनबाट सूर्यको ताप र रापले जर्जर बनेको म्याग्दीको विकास र समृद्धिलाई सुशासनरुपी जलले सिचाँइ गरी हराभरा बनाउने र म्याग्देली जनताको मुहारलाई विकासको उपहार दिई हसिलो बनाउने उद्धेश्यले गठवन्धनको दरिलो आड सहित निर्वाचनमा होमिनुभएको उनको भनाइ छ ।

बेलायतको सुख सयल, व्यक्तिगत इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्धेश्य लिनुभएका हसिँला गर्बुजा सहित गठवन्धनका प्रदेश सभा सदस्यका उम्मेदवारहरुको जीत निश्चित प्राय भएको उनले दावी गर्छन् ।

छिमेकी जिल्ला विकास निर्माणको क्षेत्रमा तिब्र गतिमा अगाडी बढेपनि यसअगाडी विजय भएर गएका जनप्रतिनिधिको काम सन्तोषजनक नभएकै कारण पनि यसपटक योजनाबद्ध र जनताको प्राथमिकताका क्षेत्रमा काम गर्ने उम्मेदवार गर्बुजाको योजना छ ।

जनप्रतिनिधि नभएपनि उम्मेदवार गर्बुजाले म्याग्दीमा प्रदेश र संघीय सरकारबाट विभिन्न शिर्षकम बजेट ल्याएर जनताको मनमुटुमा बसीसकेका छन् ।जनताको सेवा गर्न जनप्रतिनिधि नै हुनुपर्छ भन्ने भनाईलाई उम्मेदवार गर्बुजाले म्याग्दीको हकमा चिरेका छन् । उनले धेरैपटक प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयमा म्याग्दीबासीको समस्याको पोको बोकेर गएका छन् ।

विकासप्रेमी नेता गर्बुजाले गरेका कामका बारेमा म्याग्देली मतदाता प्रष्ट छन् । गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न गर्बुजाले अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामिण क्षेत्रसम्मका मतदाता उनलाई मतदान गर्न उत्साहित छन् । जनताको सेवक बन्ने गर्बुजाको प्रयास र सक्रियतालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर रहेका उनको भनाइ छ ।

उनी भन्छन् ‘विकासका एजेण्डा शब्दमा गुथिदैन । ओठले बोलिदैन । काम र इच्छाशक्तिले देखाउँछ विकास । हामीले विगतका दुईवटा निर्वाचनमा जिताएका जनप्रतिनिधिहरुबाट भएका विकासका काम देखिसकेका छौं । यस्तो गतिको विकासले हाम्रो जिल्ला समृद्धिको शिखरमा पुर्याउँछौं भन्नेहरुका विरुद्ध हुनुपर्छ यसपटकको मतदान । त्यसैले अव अघिपछि केही नसोचि प्रतिनिधि सभा सदस्यका लागि मलाई रुख चिन्हमा र प्रदेश सभा सदस्यका लागि हरिबहादुर भण्डारी र रेशम जुग्जाली (सुविन) लाई गोलाकार भित्रको हसिँया हथौडा चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराई जिल्लाको विकास र समृद्धिको यात्रामा महत्वपूर्ण योगदान गर्ने मौका नगुमाउनुहुन हार्दिक अनुरोध गर्दछु ।’ मालिका प्रेस साप्ताहिकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार