दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजालाई मातृशोक परेको छ । वडा अध्यक्ष गर्बुजाकी आमा ६३ बर्षीया लैनिमायाँ गर्बुजाको काठमाडौं स्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ७ बजेकाे समयमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
लैनिमायाँ तत्कालिन दग्नाम गाविस अध्यक्ष तथा राजनीतिकर्मी स्व. धनराज गर्बुजाकी धर्मपत्नी हुनुहुन्छ । लैनिमायाँ एक महिनादेखी अस्पतालमा उपचाररत हुनुहुन्थ्याे । उहाँको अन्तिम संस्कार आफ्नै गृहस्थान दग्नामको अल्दीका भन्ने ठाँउमा आईतबार दिँउसो १२ बजे अन्टेष्टी गरिएको थियो । उहाँका २ छोरा र २ छोरी हुनुहुन्छ ।