वडा अध्यक्ष गर्बुजालाई मातृशोक

  धनिलाल गर्बुजा

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजालाई मातृशोक परेको छ । वडा अध्यक्ष गर्बुजाकी आमा  ६३ बर्षीया  लैनिमायाँ गर्बुजाको काठमाडौं स्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ७ बजेकाे समयमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

लैनिमायाँ ‍ तत्कालिन  दग्नाम  गाविस अध्यक्ष तथा राजनीतिकर्मी स्व. धनराज गर्बुजाकी धर्मपत्नी हुनुहुन्छ । लैनिमायाँ एक महिनादेखी अस्पतालमा उपचाररत हुनुहुन्थ्याे  । उहाँको अन्तिम संस्कार आफ्नै गृहस्थान दग्नामको अल्दीका भन्ने ठाँउमा आईतबार दिँउसो १२ बजे अन्टेष्टी गरिएको थियो । उहाँका २ छोरा र २ छोरी हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार