
बेनी । नेपाल सांस्कृतिक महासंघ म्याग्दीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । सोमबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा एकराज चापागाईँ ,कल्पना बरुवाल ,उपाध्यक्षमा खिममाया पुन ,सचिवमा पञ्ञ्चमाया पुन ,सहसचिवमा शितल विक र सुनिल बानियाँ ,कोषाध्यक्षमा विनोद श्रेष्ठ चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । यसैगरी सदस्यहरुमा बिमला रामदाम,देब राना मगर,मिलन सेन्चुरी,राम बिक,खगेन्द्र खत्री,राधा पुन,बुद्धिमाया सेन्चुरी लगायत रहनुभएको छ ।
केन्द्रिय महाधिवेशनतर्फ धनकुमारी थापा ,सन्जयकुमार श्रेष्ठ ,देव राना मगर ,बुद्धिमाया शेरपुञ्जा र विनोद कुमार श्रेष्ठ तथा प्रदेश महाधिवेशनतर्फ विजुन केसी ,कल्पना बरुवाल ,अश्मिता बिक ,हरिदेवी शेरपुजा ,टिलमाया शेरपुजा र राधा पुन चयन हुनुभएको छ । कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । यसअघि अर्गज कलाकार धनकुमारी थापा महासंघ म्याग्दी अध्यक्ष हुनुहुन्थ्यो । कार्यक्रममा कार्यवाहक सभापति श्रेष्ठ , सांस्कृतिक महासंघ केन्द्रिय सहकोषाध्यक्ष वेदमनी अधिकारी , नेपाली कांग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत ,महासंघ बागमती प्रदेश अध्यक्ष राजेन्द्र खत्री ,कांग्रेस म्याग्दीका सचिव पुन लगायतले नयाँ कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाली कांग्रेसको विचार, दृष्टिकोण र लक्ष्यलाई सांस्कृतिक भाषा र शैलीमा देशभर फैलाउन नेपाल सांस्कृतिक महासंघ थप सशक्त, सृजनशील र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।