साल्ट ट्रेडिङको नाफामा झण्डै ६५ प्रतिशत गिरावट

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेशनको नाफामा झण्डै ६५ प्रतिशत गिरावट आएको छ । कम्पनीले जारी गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार कर्पोरेशनले अघिल्लो वर्षभन्दा ६४.९४ प्रतिशतले कम नाफा कमाउँदै ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसवर्ष बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । गत वर्ष साल्टले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । साल्टको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६६ पैसा रहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार