नेकपा (एस)निकट कर्मचारी संगठन गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन्। मोहन घिमिरेको संयोजकत्वमा गठिन उक्त संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन राखिएको छ।

१ सय ५१ सदस्यीय सो समितिमा ४५ जना कर्मचारीलाई सचिवालय सदस्यको रूपमा मनोनित गरिएको छ। गत शनिबार नेकपा (एस)निकट कर्मचारीहरूले भर्चुअल छलफल गरी नयाँ कर्मचारी संगठन खोल्ने निष्कर्षमा पुगेका हुन्।

यद्यपि संगठनका अध्यक्ष मोहन घिमिरले नेकपा (एमाले)निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन खारेज गरी त्यसको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दावी गर्नुभयो।

नेपाल निजामती कर्मचारी संगठन खारेज भएको र त्यसको सबै सम्पत्ति एकीकृत सरकारी कर्मचारी संगठनको नाममा ल्याउन आफूहरूले श्रम विभागमा निवेदन दिने तयारी भएको उहाँले बताउनुभयो। आफ्नो संगठनमा तीनै तहका कर्मचारीहरूलाई समेटिने उहाँले बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार