एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताउनुभएको छ । वार्सामा गरिएको भाषणमा उहाँले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गर्नुभएको हो । त्यहाँ उहाँले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गर्नुभएको थियो।
‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको राजधानीको रोयल क्यासलमा भएको सम्बोधनका क्रममा बाइडेनले यो घोषणा गर्नुभएको हो । योभन्दा पहिले पनि उहाँले पुटिनलाई युद्ध अपराधी र तानाशाह भएको बताउनुभएको थियो । पुटिनलाई हटाउनुपर्ने यो माग उहाँको पहिलो हो ।
बाइडेनले प्रतिबन्ध र सयौँ अमेरिकी र युरोपेली कम्पनीहरुलाई देशबाट बाहिरिन बाध्य बनाइएको केही साताका बावजुद पनि रुसी जनतालाई प्रत्यक्ष रुपमा यस किसिमको आह्वान गर्नुभएको हो । तर उहाँले रुसी जनता आफ्नो सत्रु नभएको बताउनुभएको छ । त्यसपछि उहाँले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीबाट आफुलाई बचाउने सोभियत संघसँग रुसी आक्रमणको बिरुद्ध लडिरहेको युक्रेनीहरुको तुलना गर्ने प्रयास गर्नुभएको छ । उहाँले रुसी नेताहरुलाई कठोरतापूर्ण रुपमा बोल्नुभएको थियो । उहाँले नेटोको एक इन्च सम्म पनि नमिच्नका लागि चेतावनी दिनुभएको छ ।
‘अमेरिकी बलहरु युरोपमा छन्,’ ‘युरोपमा मात्रै होइन,’ राष्ट्रपतिले सुरु गरेर पछि आफैलाई सच्याउनुभएको छ । उहाँले १ लाख अमेरिकी सेना वासिङटनको युरोपेली गठबन्धनको प्रतिरक्षा गर्नका लागि कुरिरहेको बताउनुभएको छ । राष्ट्रपतिले नेटो र उसका मित्रहरुले रुस बिरुद्ध लडाई गर्नुपर्ने र यो सहज भने नहुने चेतावनी दिनुभएको छ । यसको ठूलै क्षति हुने, तर यसको मूल्य तिर्नुपर्ने समेत उहाँले बताउनुभयो ।रातोपाटीबाट