पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल हो । नेपालले यस खेल जितेमा राउन्ड रोबिन लिगको एक खेल अगावै फाइनल पुग्ने छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र अघिल्लो दिन मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पीएनजी दुवै खेलमा पराजित भइसकेको छ । मलेसियासँगको खेल पनि ८ रनले पराजित पीएनजी आज नेपालसँग पराजित भएमा फाइनल दौडबाट बाहिरिन सक्छ ।नेपालले आज मोहम्मद आदिल अहमदलाई ‘डेब्यु’ क्याप दिएको छ । उनले कुशल मल्लको स्थान लिनेछन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार