आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा

  धनिलाल गर्बुजा

बेनी शनिबार पौष २८ गते । सुस्त गतिमा रहेको आवास पुननिर्माणलाई गति दिन स्थानीयलाई जिम्मा दिइएको छ । म्याग्दीमा आवास पुननिर्माणको कामलाई गति दिन शनिबार स्थानिय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरि प्रक्रिया अगाडी बढाइएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई , जिल्ला आयोजना कार्यान्वयन ईकाइ , जनप्रतिनिधि र सरोकारवालहरुले आवास पुर्न्निर्माणलाई जिम्मेवार बनाउन १३ बुदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


सरमुकाम बेनीमा जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले बास्तविक भुकम्प पिडितहरुलाई अनुदान पाउनबाट बञ्चित नबनाउन आग्रह गर्दै पीडित जनताको नाममा फर्जीमार्फत अनुदान लिएकाहरुको पहिचान गरि अनुदान फिर्ता गराउनुपर्ने बताउनुभयो ।


गण्डकी प्रदेशका सांसद विनोद केसीले आवास पुननिर्माणको कामलाई आगामी असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित आयोजना अगाडी बढाउन स्थानीय सरकार समेत लाग्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आवास पुननिर्माणको लागि लिएको अनुदालाई सदुपयोग गर्दै पुननिर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा उपस्थित नगर तथा गाउँपालिका प्रमुखहरुले बास्तविक भुकम्प पीडितको पहिचान गरि आवास पुननिर्माणको कामलाई गति दिन आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

पुननिर्माणलाई गति दिन जिल्ला र स्थानीय तहमा सहजिकरण समिति गठन गरिएको छ । भुकम्पबाट क्षतीग्रस्त घरहरुको पुननिर्माणलाई समयमै सम्पन्न गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सहजिकरण समिति गठन गरिएको छ ।
जिसस प्रमुख अध्यक्ष रहेको सहजिकरण समितिमको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी, नापी कार्यालय प्रमुख, कोलेनिका प्रमुख, मालपोत कार्यालय प्रमुख, आयोजना प्रमुख , बैक प्रतिनिधि र स्थानी पुर्वाधार प्रमुख रहेका छन् ।


आावास पुननिर्माणलाई प्रंभाकारी बनाउन जिल्लाका स्थानीय तहअनुसार नगरपालिका र गाउँपालिका प्रमुखको संयोजकमा रहेको सहजीकरण समितिको उपसंयोजकमा उपप्रमुख र सदस्यहरुमा वडा अध्यक्ष, समाजसेवी, पुननिर्माण ईन्जिनियर र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिवमा रहेका छन् ।

समिक्षा गोष्ठीमा भुकम्प लगत्तै पुननिर्माणमा छुट भएका विद्यालयलाई पुर्न्निर्माण गर्नका लागि प्राधिकरणसंग सहयोगको लागि निर्णय गरिएको छ ।
पुर्न्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले जिल्लामा भएका पुननिर्माणका गतिविधि बारेमा जानकारी गराउँर्दै म्याग्दीमा ८६८ जना भुकम्प प्रभावित मध्ये ७९० जनाले पहिलो किस्ता, २८७ जनाले दोस्रो किस्ता र १६५ जनाले मात्रै अन्तिम किस्ता भुक्तानि लिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार