काठमाडौं । ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । ...
म्याग्दी न्युज संवाददाता
-
-
प्रेस संगठन बागमती प्रदेशको भेला हेटौंडामा
हेटौंडा । नेकपाको प्रचण्ड–माधव पक्षीय प्रेस संगठन नेपाल बागमती प्रदेशको भेला हेटौंडामा सोमबार हुने भएको छ । हेटौंडामा आयोजना हुने भेलाको आवश्यक तयारी पूरा भइसकेको प्रेस संगठन नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले जानकारी दिए । भेलाको तयारीका लागि खड्काको संयोजनमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।...
-
गलेश्वर मन्दिरको छाना पित्तलले छाइने
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रसिद्ध गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ ।शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपै...
-
८१ जना कोरोना संक्रमित थपिए , २ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । संक्रमित मध्ये ४६ पुरुष र ...
-
विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो
विपन्नलाई निशुल्क मीटर वितरण थम्मन थापा बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारण...
-
जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ...
-
३९ औं मगर स्थापना दिवसमा बालगृहलाई खाद्यान्न सहयोग (तस्बिर सहित)
म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको अवसरमा शनिबार नेपाल मगर संघ म्याग्दीले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैयाँ बराबरको...
-
सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा
बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको जेसीबी कम्पनीको...
-
म्याग्दीका सिडिओ अधिकारीको काठमाडौं सरुवा ,गणेशबहादुर अधिकारी आउने (सुचीसहित)
काठमाडौं ।म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको सरुवा भएको छ । प्रजिअ अधिकारीलाई काठमाडौंमा सरुवा गरिएको हो ।अधिकारीको स्थानमा गृह मन्त्रालयबाट गणेशबहादुर अधिकारी आउनुहुने भएको हो ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन...
-
विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने
पोखरा । कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिकाले भलिबल, झाँकी, माला प्रतियोगिता लगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । त्यसैगरि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता पनि आयोज...