बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय त...
समाचार
-
-
नालामा खसेर एक जनाको मृत्यु
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित नालामा खसेर एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका ५ का ५५ वर्षीय नैमुदिन मन्सुरिको नालामा खसेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार अपरान्ह ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अबेर बजारबाट आफ्नो घरतर्फ गएका थिए । सोही क्रममा उनको खुट्टा चिप्लिएर गौर ५ स्थित नाला...
-
रौतहटमा झडप हुँदा दश जना घाइते
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्तिपुरमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । त्यसक्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा समेत आगो लगाइएको छ । बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो । घाइतेहरुको चन्द्रपुरस्थित अस्पता...
-
कार दुर्घटनामा एकको मृत्यु
झापा । झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किँदा कार चालक विर्त...
-
बंगलादेशमा भेटियो सबैभन्दा सानो गाई
एजेन्सी । बंगलादेशमा अनौठो सानो गाई फेला परेपछि हेर्न आउनेहरुको भीड लागेको छ । बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । त्यसैगरी उक्त गाईको तौल २८ केजी रहेको छ । २३ वर्ष पुगेको गाईको त्यतिको उचाइ र तौलले मानिसहरु आश्चर्य चकित परेका छन् । रानी नाम दिइएको उक्त गाई हेर्न दै...
-
लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ
मोरङ । मोरङको बेलवारी नगरपालिका-१ गाईघाट टोलबाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना युवती रहेका छन् । बिहीबार साँझ साढे ५ बजे ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र...
-
खोलाले बगाएर बेपत्ता भएका नेपाली मृत फेला
तनहुँ । खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्त...
-
लागुऔषध गाँजा र ब्राउनसुगरसहित चार जना पक्राउ
सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी ग...
-
नायिका जेनी कुँवरद्धारा आत्महत्या
काठमाडौं । नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बानेश्वर बृत्तका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको जनाएको छ । ...
-
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीप...