गुल्मी । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । यहाँबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले ...
समाचार
-
-
पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौं । मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर भएका ६० वर्षीय अब्बास मियाँ छन् । बिहिबार बेलबारी–१० स्थित भाउन्ने जंगलमा धमला र भट्टराई ...
-
नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको उपचार निःशुल्क गर्ने
काठमाडौँ । अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान थला परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार...
-
असुरक्षित छन् दुर्गमका देवता
.हेमन्त केसी जाजरकोट । धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मस...
-
आयुर्वेद चिकित्सकहरुमाथि हातपात गर्ने तीनजना पक्राउ
कर्णाली । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् । प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्र...
-
गर्भवती बनाएर जबर्जस्ती गर्भपतन गर्न बाध्य पारेको अभियोगमा एकजना पक्राउ
ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई गर्भ बोकाएर गर्भपतन गराउन बाध्य पारेको अभियोगमा ताप्लेजुङ प्रहरीले २२ वर्षे युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा देउराली बस्ने दावा शेर्पा रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकु...
-
बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को
काठमाडौं । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वन...
-
क्रेनको पाइपले लागेर हाइड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु
पाँचथर । पाँचथर हिलिहाङ गाउँपालिका-१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्। बिहीबार बेलुका ५ बजे साढे तीन मिटर गोलाई भएको अन्दाजी चार टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्र...
-
प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालकको पहिच...
-
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक पक्राउ, एक फरार
कञ्चनपुर । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा एक स्थानीय युवतीलाई दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो । बलात्कारको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई कञ्चनपुर प्र...