काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राति १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।...
समाचार
-
-
ललितपुरको सडकमा चितुवाको छाला फेला
काठमाडौं । ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताउनुभयो । चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी...
-
ललितपुरमा ९५ लाखको सुटकेश चोरी, चोरीमा संलग्न ५ पक्राउ
काठमाडौं । ललितपुरको हरिसिद्धिबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ मा चोरी भएको थियो । चोरीमा संलग्न ५ जनालाई पक्...
-
पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न शाखाको छठौं अधिबेशनबाट पौडेल विजयी हुनुभएको हो । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुग्नुभएको हो । शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, मह...
-
कोरोनाको जोखिम बढेपछि केयूमा अनलाइनमार्फत् पढाइ सुरु
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो । स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. ...
-
नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा
काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो । अभिनास इन्टरनेशनल प्रालिको सञ्चा...
-
फरार नौ प्रतिवादी पक्राउ
कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ, भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छा...
-
बलात्कारीलाई सात वर्ष कैद फैसला
बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई ८० हजार ...
-
युवा संघ म्याग्दीको अध्यक्षमा गौचन
म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ । कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक...
-
म्याग्दीमा मतदान सम्पन्न ,मत गणना सुरु
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दीको मतदान सकिएको छ ।बेनी स्थित कर्मचारी मिलन केन्द्र सम्पन्न निर्वाचनमा ५८ जनाले मतदान गरेका छन् । पत्रकार महासंघ म्याग्दीमा ६२ जना सदस्य छन् । जिल्ला समन्वय समितिको सभाहलमा मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका ...


























