म्याग्दीमा मतदान सम्पन्न ,मत गणना सुरु

बेनी  । नेपाल पत्रकार महासंघ म्याग्दीको मतदान सकिएको छ ।बेनी स्थित कर्मचारी मिलन केन्द्र सम्पन्न निर्वाचनमा ५८ जनाले मतदान गरेका छन् । पत्रकार महासंघ म्याग्दीमा ६२ जना सदस्य छन्  । जिल्ला समन्वय समितिको सभाहलमा मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।  महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका ठाकुर प्रसाद आचार्य र केन्द्रीय पार्षद प्रकाश पौडेलको नेतृत्वमा दुई समुहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
आचार्य नेतृत्वको उम्मेदवारहरुको समूहले मंगलवार महासंघको संस्थागत विकास, पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता विकास, स्थानीय सञ्चार माध्यमको सबलिकरण लगायतका क्षेत्रलाई प्रतिबद्धतामा समेटिएको छ । आचार्य समूहले नेपाल पत्रकार महासंघ म्याग्दीको भवन निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ ।
अहिलेसम्म जिल्लामा महासंघको आफ्नै भवन नभएको कारण आफ्नो नेतृत्वको समुहले महासंघको भवन निर्माण कार्यलाई प्राथमिकताको योजनाको रुपमा लिएको अध्यक्षका उम्मेदवार आचार्यले बताउनुभयो । प्रतिबद्धता पत्रमा सञ्चार माध्ययमको संस्थागत विकास र सवलिकरण गर्ने,अग्रज पत्रकारको सम्मान र क्रियाशिल पत्रकारको प्रोत्साहन गर्न विभिन्न कोषहरुको स्थापना गर्ने, पत्रकारहरुको व्यावसायिक तथा पेशागत सुरक्षाको लागि अभिभावकत्व प्रदान गर्न , तीनै तहका सरकारले बनाउने नीति, नियमलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकार अनुकुलको बनाउन खबरदारी गरि नागरिक अधिकार रक्षा गर्ने, नेपाल पत्रकार महासंघ म्याग्दीलाई क्रियाशील र व्यवसायिक पत्रकारहरुको साझा संस्था र समावेशी नेतृत्व बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संबिधानको रक्षका लागि निरन्तर खवरदारी गर्न प्रतिबद्ध रहेको जनाईएको छ ।
नेपाल पत्रकार महासंघ म्याग्दीको अभियान ः “अग्रज पत्रकारको सम्मान, क्रियाशील र नयाँ पत्रकारको प्रोत्साहन” भन्ने नारा तय गरिएको प्रतिबद्धतामा श्रमजिवि पत्रकारहरुको पेशागत र व्यावसायिक हक हितका पक्षमा निरन्तर लागि पर्ने प्रतिबद्धता समेत गरिएको छ । आचार्य नेतृत्वबाट उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम, सह–सचिवमा धिरनबहादुर खत्री, समावेशी सह–सचिवमा साधन राम्जाली कोषाध्यक्षमा राकेश शर्माको उम्मेदवारी छ । त्यस्तै खुला सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, दलित सदस्य पदमा पदम विश्वकर्मा, अन्य समावेशी सदस्यमा हिमबहादुर छन्त्यालको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार