काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने हुनुभएको छ। दिउँसो ३ बजे उहाँले राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नुभएको हो । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जा...
समाचार
-
-
पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर ...
-
अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना
एजेन्सी । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्...
-
घानामा विस्फोट : कैयौं घर ध्वस्त, १७ शव भेटिए
काठमाडौं । घानाको यपिएट शहरमा भयंकर विस्फोट भएको छ । विस्फोटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक व...
-
मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीन दलको दर्ता खारेज
काठमाडौँ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन ।आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्...
-
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पु...
-
थप १२३३८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ
काठमाडौँ । महानगरीय अपराध अनुसन्धान महाशाखाले नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालबाट मोबाइल एप्लिकेसन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य नाइके कीर्तिपुर नगरपालिका–६ का ३३ वर्षीय सुजेन्द्र थापा, सोही स्थानका १...
-
त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्ष...
-
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन घोषणा
काठमाडौं । राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुँदैछ । उक्त निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन घोषणा गरिएको छ । बिहीबार यी दुई दलले जनकपुरमा कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् । जनकपुरस्थित शुभम् होटलमा यी दु...