पोखरा । पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनिय...
सुरक्षा
-
-
बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन
विराटनगर । व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहेका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । न्यौपाने...
-
कोरोना संक्रमित भएपछि गाउँलेद्वारा लखेटिए ७० वर्षीय वृद्ध
बझाङ । कोरोना पोजेटिभ भएको भन्दै ७० वर्षीय वृद्ध गाउँलेद्वारा लखेटिएका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि जेठ ८ गते जिल्ला अस्पताल बझाङमा पिसिआर जाँच गरेका बिकको रिपोर्ट पोजेटिभ आएपछि उनी २ दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसेका थिए ।२ ...
-
सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते
काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको ला...
-
हालसम्म देशभर ८१३ जना पत्रकारमा कोरोना संक्रमण
काठमाडौँ । कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टि...
-
चोरीका सामानसहित एक जना पक्राउ
सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ । घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रू ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरी...
-
गण्डकीमा थप १७३३ जनामा कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य नि...
-
गण्डकी प्रदेशमा थप १७ जना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको मात्र मृत्यु भएको थियो । तर, बिहीबार पुनः मृतकक...
-
थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि ,७२२६संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार ४ सय १४ आरटी पिसिआर र ५ सय ७७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । हाल देशभर १ लाख १६ हजार ४ स...
-
नाबालिका बलात्कार अभियोगमा एक व्यक्ति पक्राउ
रुपन्देही । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते द...