काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार ९६५ नमुना पीसीआर विधिबाट र ९३१ नमुना एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएकोमा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।जसमध्य...
सुरक्षा
-
-
ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर उद्योगमा अपराध महाशाखाद्धारा छापा
काठमाडौं । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो । महानगर...
-
बर्दियाको प्रहरी चौकीमा एक प्रहरी जवान मृत फेला
काठमाडौं । बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। पाल्पा रम्भा गाउँपालिका-३ का २५ वर्षीय प्रहरी जवान कोशल बहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो। उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रूखमा...
-
सप्तरीको डाक्नेश्वरीमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उम...
-
बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एकरएक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षी...
-
वीरगञ्जमा कोरोनाबाट एक चिकित्सकको मृत्यु
वीरगञ्ज । वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जन...
-
त्रिशूली अस्पताललाई एक हजार २०० सिलिन्डर अक्सिजन सहयोग
काठमाडौं । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २ सय सिलिन्डर अक्सिजन सहयोग गरेको छ । राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पा...
-
यार्सागुम्बा सङ्कलन गर्न गएका एक जना हिउँ पहिरोमा परी वेपत्ता
दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् । हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । “...
-
घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु
रोल्पा । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिसिर मल्ल रहेको प्यूठान प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । ...
-
खोलाले बगाएर एक दम्पतीको मृत्यु
धादिङ । धादिङको नेत्रावती डवजोङ र गंगाजमुना गाउँपालिकाको विचमा पर्ने आँखुखोला तर्ने क्रममा बगाएर दम्पतीको मृत्यु भएको छ। गंगाजमुना गाउँपालिका ३ मम्वैका ६२ वर्षीय लुर बहादुर गुरुङ र उनकी श्रीमती ६० वर्षीया असारी माया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। आँखु खोला तर्ने क्रममा शनिबार बगा...