डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति म...
सुरक्षा
-
-
पेस्तोलसहित एकजना पुरुष पक्राउ
काठमाडौं । धनुषाबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव छन् । इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्ध...
-
उदयपुमा आगलागीबाट ३ वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुरको कटारीमा अघिल्लो साँझ भएको आगलागीमा परी एक ३ वर्षीय बालकको निधन भएको छ । आईतबार साँझ ७ बजे भएको आगलागीबाट ३ परिवारका ३ घर ३ मतान र गोठ जल्दा त्यसभित्र रहेका लाखौं बराबरको धनमाल र चौपाया नष्ट भएको प्रहरीले जनाएको छ । कटारी नगरपालिका १० पाल्सिङ थुम्काका प्रकाश थापाको परालको कुनिउबाट एक्कासी सल्केको आग...
-
नाली खन्दा बम भेटियो
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ घाइते
बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्य...
-
थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घन्टामा १०६ जना निको भएर फर...
-
कञ्चनपुरबाट लागुऔषधसहित पाँच पक्राउ
धनगढी । कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बेदकोट १० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय...
-
बिरामी श्रीमतीको कुरूवा बसेका श्रीमान्को मृत्यु
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पुर्याउँदा...
-
भिरबाट लडेर एक युवकको मृत्यु
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प...
-
मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु
लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक ट...