नेपालमा थपिए १४५ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार