• विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

    कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।...

  • माउन्ट के टू’ को सफल आरोहण गर्ने टोलीलाई उद्योग परिसंघद्वारा सम्मान

    काठमाडौं । विश्वको दोस्रो अग्लो हिमशिखर ‘माउन्ट के टू’ को सफल आरोहण गरेर घर फर्किएका नेपाली टोलीलाई उद्योग परिसंघले बधाई दिएको छ । बिहीबार राजधानीमा एक समारोहको आयोजना गर्दै परिसंघले हिमाल आरोहणमा जाने निर्मल पूर्जासहितको १० नेपालीको स्वागत तथा सम्मान गरेको हो । समारोहलाई सम्बोधन गर्दैं परिसंघका अध्यक्ष सतिषकुमार मो...

  • लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

    सुर्खेत । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालिदमारबाट छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १...

  • रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ १७ जना घाइते

    रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा स्काउट विद्यार्थी बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी ...

  • प्रजातन्त्र दिवसमा ५ सय बढी कैदीबन्दीको सजाय मिनाहा

    काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँ...

  • मृत्यु भएको १७ औंँ दिनपछि आज भागरथीको अन्तिम संस्कार गरिंदै

    काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा डोटीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका स...

  • अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

    टेक्सास । अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारण पनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीस...

  • कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् । उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयो...

  • महोत्तरीमा यौन हिंसाको घटनामा वृद्धि

    सञ्जीतकुमार मण्डल महोत्तरी । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाकाअनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्ज...

  • थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । सोमबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ रहेको छ । पछिल्लो ...