• बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला

    बैतडी । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति ...

  • मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ । आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्...

  • हराइरहेकी युवतीको वनमा मृतावस्थामा फेला

    चितवन । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ ...

  • थप १६०३ जनामा कोरोना संक्रमण , २७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ आरटी पिसिआर र ३ हजार २ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ६ सय ३ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४४ हजार ६ सय २२ जनामा र एन्ट...

  • लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

    काठमाडौं । बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। मधुबन नगरपालिका वडा नम्बर ९ मा ३६ वर्षीय कमल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। मधुबन-९ चोक नम्बर १२ सिर्जनशील टोलको हुलाकी सडक खण्डमा बस्ने...

  • इलामका माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    झापा । माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा ...

  • बाढी पहिरोबाट ४३ खानेपानी र २५ जलविद्युत आयोजनामा क्षति

    काठमाडौं । यो वर्षको अविरल वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बिष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराउनुभएको हो । यस्तै सिन्धुपाल्चोक मनाङ, कास्की लगायतका स्थानका २५ जलविद्युत आयोजनामा आशिंक क्षति प...

  • बाढी पहिरोबाट २२ जिल्लामा ३९ जनाको मृत्यु , ३३ घाइते

    काठमाडौँ । यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता र ३९ जना घाइते भएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिनुभएको हो । बाढी पहिरोमा परेका २ सय ७८ जनालाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट ...

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    दाङ । तुलसीपुरको दमारगाउँबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का २७ वर्षीय रमेश पन्त ९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित शनिबार बेलुका ८ बजे पक्राउ परेका हुन्। नेपालगञ्जबाट ट्याक्सी बुक गरि एक्लै आउँदै गरेका पन्तलाई शंका लागेर तुलसीपुर १३ दमारगाउँस्थित प्रहरी चेकप्व...

  • करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । करेन्ट लागेर बारा र ताप्लेजुङमा गरी दुई जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै ...