• आजदेखि मोबाइलको आईएमईआई दर्ता अनिवार्य

    काठमाडौं । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइललाई आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रण र नियमनसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने यो प्रविधि र नियम आजदेखि कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । यो नियम ...

  • नक्कली बाबुछोरा बनी नागरिकता बनाउने ससुरा ज्वाइँ पक्राउ

    राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई ...

  • स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

    जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त ...

  • एकै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशङ्का

    पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेख...

  • म्याग्दीमा आजदेखि सार्वजनिक तथा निजी यातायात सञ्चालन

    बेनी । म्याग्दीमा लकडाउनलाई अनिश्चितका लागि थप गरिएको छ । विहिबार जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा असार ३१ गते रातको १२ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि थपिएको हो । शुक्रबार देखि म्याग्दीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी जिल्ला भित्र सार्वजनिक तथा नि...

  • सिद्धथानदेखि घुम्टे जोड्ने पद मार्ग निर्माण

    सुरेश छन्त्याल गलकोट । बागलुङको गलकोट नगरपालिका– १० पाण्डबखानीको सिद्धथानदेखि जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटो पद मार्गमा जोडिएको छ । प्रधानमन्त्री स्वरोजकार कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाबाट विनोजित आर्थिक वर्ष ०७८र७९ को बजेट ५ लाख ६७ हजार रुपैयाँ रकमबाट ४५५ मिटर सोलिङ र ३५० मिटर सेडी गरि जम्मा ८ स...

  • घाँस काट्न जाने क्रममा लडेर मृत्यु

    बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयबासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो। उहाँका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस...

  • उपत्यकामा निषेधाज्ञा साउन १० गते सम्म लम्ब्याइयो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय पनि गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत...

  • थप २६७६ जनामा कोरोना संक्रमण , ३३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ आरटी पिसिआर र ४ हजार ५ सय १२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६२ हजार ५ सय ७० जनामा र एन...

  • डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन

    डोटी । जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ । कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइ...