• माइनस २ भन्दा पनि तल झर्‍याे जुम्लाको तापक्रम

    काठमाडौँ । देशभर चिसो बढ्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँ आजको न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियसमा झरेको हो। यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि ६ डिग्री सेल्सियसमा झरेको महाशाखाको विवरणमा उल्लेख छ। महाशाखाले बुधबार बिहान ६ बजे ‘आगामी २४ घण्टा...

  • बुटवल कोरोना अस्पतालमा थप एकको मृत्यु

    तिलोत्तमा । बुटवलस्थित कोरोना अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो । ekantipur बाट साभार ...

  • ज्येष्ठ नागरिकको पौरखः चोयाका सामग्रीबाट मनग्य आम्दानी

    कास्की । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा कास्कीका एक ज्येष्ठ नागरिकले भने चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका हुन् । बन्दाबन्दीअघि विभ...

  • कोरोना संक्रमणबाट नेकपाका जिल्ला नेताको निधन

    काठमाडौं । नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृ...

  • ललितपुरको किस्ट अस्पतालमा एक संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण ग...

  • बालिका बलात्कार गर्ने पक्राउ

    काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरी नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मंगलबार पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ...

  • बालुवाटारमा नेकपा सचिवालय बैठक १ बजे नै राख्न प्रधानमन्त्री ओली तयार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक बस्ने निर्धारित समयमै बस्ने निश्चित भएको छ। बुधबार १ बजेको बैठक सार्ने तयारी गरेका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली बैठक राख्न तयार भएका छन्। बालुवाटारमा तोकिएकै समयमा सचिवालय बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले सेतोपाटीलाई बता...

  • म्याग्दीमा थपिए ३ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ८ का २६ र ३७ वर्षका दुई महिला र ४९ वर्षिय एक पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • महोत्तरीमा ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको हो। ठक्करबाट घाइत...

  • अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक साता बन्द

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा को...