माइनस २ भन्दा पनि तल झर्‍याे जुम्लाको तापक्रम

काठमाडौँ । देशभर चिसो बढ्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँ आजको न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियसमा झरेको हो।

यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि ६ डिग्री सेल्सियसमा झरेको महाशाखाको विवरणमा उल्लेख छ। महाशाखाले बुधबार बिहान ६ बजे ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा लेखिएको छ– देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराई भूभागमा बिहान पारदर्शितामा कमी ९हुस्सुले नदेख्ने० भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार