• रातो हाब्रेको छालासहित चार जना पक्राउ

    राँझा । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ। कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छ...

  • वृद्धा महिलालाई खुकुरी देखाउँदै १२ लाख बराबरको सुन र नगद लुटपाट

    पाल्पा । बृद्धा महिलालाई खुकुरी देखाउँदै करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट भएको छ । रामपुर नगरपालिका ८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको हो । ती ...

  • लागूऔषधसहित चार जना पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्र...

  • एक करोड हुण्डीसहित दुईजना पक्राउ

    काठमाडौँ । एक करोड हुण्डीसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले ओमबहालबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विकास मित्तल र कमल मित्तल रहेको सीआईबीका डीआईजी सहकुल थापाले बताए। उनीहरू माथी थप अनुसन्धान भइरहेको थापाले बताए।nagariknews.nagariknetworkबाट साभार ...

  • बलात्कारका आरोपी वडासचिव कारागार चलान

    महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्...

  • १५ वर्षीया किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

    डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्...

  • नेपालमा कोरोना अपडेट : थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन् । ...

  • डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घ...

  • टिपरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

    रुपन्देही । लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी न...

  • भक्तपुरबाट कछुवासहित पाँच कारोबारी पक्राउ

    काठमाडौं । कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पाँच बजे पक्राउ गरेको हो। कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय न...