काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुग्नुभएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट जानुभएको हो। भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै,...
समाज
-
-
गण्डकीको लाइफलाइन डेढगाउँ–झ्यालवास सडक निर्माण सुरु
पोखरा । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला–सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ–झ्यालबास सडक खण्डको निर्माणको काम सुरु भएको छ । नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गर्नुभयो । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ । भीम...
-
बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा ...
-
कलाकार जयनन्द लामाको निधन
काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो ।महानगरी...
-
सुक्खा पहिरोले पुरिएर एकको मृत्यु
गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ। इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला ...
-
वन अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको ...
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन २६ फागुनदेखि
कास्की । असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि चल्ने भएको छ । गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् । २९ जेठपछि संविधानको कार्यान्वयन स्वरुप नयाँ सरकार गठन भएको थियो । नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोही बजेट अहिले क...
-
टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चारको मृत्युपछि नगरपालिकाले दियो शोक बिदा
बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपरान्ह यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी...
-
पोखरामा परेको भीषण असिनापानीले ११ करोड बराबरको क्षति
कास्की । पर्यटकीय नगरी पोखरामा आइतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखर...
-
निर्वाचन आयोगले सरकारसँग माग्यो ८ अर्ब ९५ करोड
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । वैशाख ३० मा हुन लागेको निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ । कोभिडको...